सुनको मूल्य घट्यो

काठमाडौं, ६ असार । स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । आइतबार (आज) सुन प्रतितोला ८०० रुपैयाँ घटेर ९० हजार रुपैयाँमा खरिद विक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत कारोबार दिन छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी पनि प्रतितोला १५ रुपैयाँ घटेर कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला १ हजार २९० रुपैयाँका खरिद विक्री भइरहेको छ ।