Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

नबिलको विशेष सधारण सभाबाट युनाइटेडलाई प्राप्तीको प्रस्ताव पारित

नबिलको विशेष सधारण सभाबाट युनाइटेडलाई प्राप्तीको प्रस्ताव पारित

काठमाडौं, ६ असार । नबिल बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । हिजो भर्चुअल माध्यमबाट भएको साधारण सभाले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः३५ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ । जसअनुसार युनाइटेड फाइनान्सका शेयरधनीहरुले युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ३५ कित्ता शेयर प्राप्त गर्नेछन्।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुजी १३ अर्व ८४ करोड पुग्नेछ भने कुल पुँजीकोष ३२ अर्ब ६८ करोड रुपैयाँ हुनेछ । यस्तै नबिल बैंकको शाखा सञ्जाल बृद्धि भइ १४७ हुनेछ । निक्षेप २ खर्ब १६ अर्ब हुनेछ भने कर्जा २ खर्ब १ अर्ब रुपैयाँ हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *