Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

अरुण भ्यालीको ४ लाख ३४ हजार कित्ता शेयर लिलामीमा

अरुण भ्यालीको ४ लाख ३४ हजार कित्ता शेयर लिलामीमा

काठमाडौं, ९ असार। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजबाट ४ लाख ३५ हजार ८९४ कित्ता शेयर लिलामी बिक्री खुला भएको छ। इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्ने अन्तिम म्याद असार १६ गते तोकिएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने जनाइएको छ। कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री खुला गरेको हो ।

यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ । बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल कमलादी–काठमाडौं, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु भक्तापुर–ठिमी, कुमारीपाटी–ललितपुर, इटहरीबाट आवेदन दिन पाइने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x