Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

११ विधामा ‘आइसिटी अवार्ड २०२१’ को अनलाइन नोमिनेशन शुरू

११ विधामा ‘आइसिटी अवार्ड २०२१’ को अनलाइन नोमिनेशन शुरू

काठमाडौं, ९ असार । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको छैटौं संस्करणको अनलाइन नोमिनेशन (आवेदन) सुरु भएको छ । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने ‘आइसिटी अवार्ड २०२१’ को लागि उक्त नेमिनेशन असार ८ गतेदेखि शुरु भएको हो । विभिन्न ११ विधाहरूमा अवार्डको नोमिनेशन खुला गरिएको आयोजक कम्पनीले जनाएको छ ।

दोस्रो लहरको कोभिड संक्रमण दर केही घटिरहेको अवस्थालाई मध्यनजर गर्दै आइसिटी अवार्ड २०२१ को अनलाइन नोमिनेशन खुला गरिएको छ । गतवर्ष पहिलो लहरको संक्रमणको अवधिमा अधिकांश कार्यक्रम स्थगन भए पनि आइसिटी अवार्ड २०२० भर्चुअल माध्यमबाट नोमिनेशन र छनौट प्रक्रिया अघि बढाउँदै डिसेम्बर २३ मा सोल्टी होटलमा विशेष कार्यक्रम मार्फत १२ विधाका विजेतालाई सम्मान गरिएको थियो ।

यस वर्षको आइसिटी अवार्डमा अधिकांश छनौट समितिका मिटिङहरू भर्चुअल सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । आइसिटी अवार्डको छनौट प्रक्रियाको लागि दुई दर्जनभन्दा बढी जुरी र सल्लाहकारहरू रहेका छन् । विभिन्न ११ विधामा इच्छुक व्यक्ति, कम्पनी, प्रडक्ट वा संस्थाहरूले २०७८ साउन १६ गतेसम्म आवेदन दिन सक्नेछन् । अवार्डमा प्रतिस्पधी आफै वा अन्य कसैले अनलाइन नोमिनेशन दर्ता गरिदिन सकिनेछ । अवार्डमा नोमिनेशन गर्न आइसिटी अवार्ड डटओआरजी वेबसाइटमा गएर विधा छनौट गरी फारम भरेर बुझाउनुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x