Date

मङ्ल, अशोज २९, २०८१
Tue, October 15, 2024

कृषिक्षेत्रमा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कर्जा ३ गुणाले बढ्यो

कृषिक्षेत्रमा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कर्जा ३ गुणाले बढ्यो

काठमाडौं, ९ असार । मुलुकको कृषिक्षेत्रमा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कर्जा एक वर्ष अवधिमा करिब ३ गुणा बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालू आर्थिक वर्षको १० महिना अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ३८.३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा वृद्धि १३.९ प्रतिशत मात्र रहेको थियो ।

समीक्षा अवधिमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा पनि गत आवको तुलनामा ५.१ प्रतिशतले बढेको छ । चालू आवको वैशाख मसान्तसम्ममा यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाह भएको कर्जा १७.५ प्रतिशतले बढेको छ । गतवर्षको यसै अवधिमा यो १२.३ प्रतिशतले वृद्धि भएको थियो ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कर्जामध्ये आवधिक कर्जामा भने गत आवको तुलनामा झीनो ह्रास आएको छ । आवको १० महिनामा आवधिक कर्जाको वृद्धि २४.६ प्रतिशत रहेको छ, जुन गत आवको यसै अवधिमा २५ प्रतिशत वृद्धि भएको थियो । तर ओभर ड्राफ्ट, टस्ट रिसिप्ट, डिमाण्ड तथा चालू पूँजी कर्जा र रियल इस्टेट कर्जा भने गत आवको तुलनामा वृद्धि भएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x