Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बुधबार कारोबार रकम र परिसूचक दुबै घट्यो

बुधबार कारोबार रकम र परिसूचक दुबै घट्यो

काठमाडौं, ९ असार । साताको तेस्रो कारोबार दिन सार्वाधिक अंकले बढेको शेयर बजार बुधबार (आज) पुनः पहिलेकै लयमा फर्किएको छ । गतसातादेखि लगातार घटेको बजार मंगलबार ७८ अंकले वृद्धि भएको भएको थियो । आज बजार ५१.६५ अंक घटेर २८६२.१८ विन्दुमा बन्द भएको छ ।

गत कारोबार दिनको तुलनामा आज कारोबार रकम पनि घटेको हो । हिजो १० अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा आज घटेर ८ अर्ब ३६ लाख रुपैयाँको मात्र भएको छ । घटेको बजारमा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको छ । यो कम्पनीको ५४ करोड ३० लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज यो कम्पनीको शेयर मूल्य १७१३ रुपैयाँ कायम भएको छ ।

आज राधि जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य सर्वाधिक वृद्धि भएर बन्द भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएर १२२० कायम भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेर बन्द भएको छ । सर्वाधिक परिसूचक घट्नेमा विकास बैंक समूह रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x