लामोसाँघु बजारमा सिन्धु विकास बैंकको शाखा संचालनमा

काठमाडौं, १२ असार । सिन्धु विकास बैंक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका स्थित लामोसाँघु बजारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले उद्घाटन गरे ।

बैंकको २६औं शाखा कार्यालय हो ।

हाल सम्म कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति नरहेको उक्त स्थानमा स्थानीयबासीलाई वित्तीय पहुंच पुरयाउने उद्धेश्यले उक्त शाखाको स्थापना गरिएको हो । उक्त शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवाहरु सहित डिजिटल सेवाहरु जस्तै मोवाइल बैंकिङ, कनेक्ट आइपिएस, एटिएम,डेबिड कार्ड, क्यूआर कोर्ड सेवाहरु समेत उपलब्ध हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *