फर्स्ट माइक्रोफाइनान्सको १ लाख कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं, १३ असार । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले ले आज आइतबारदेखि संस्थापक समूहको १ लाख कित्ता शेयर लिलामीमा बिक्री खुला गरेको छ । संस्थापक शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३४५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य मानेर सोभन्दा बढी दर प्रस्ताव गर्नुपर्ने छ ।

विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा साउन १७ गतेभित्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटमा आवेदन दिनु पर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *