नेको इन्स्योरेन्सले १५.५ प्रतिशत लाभांश दिने

काठमाडौं, १३ असार । नेको इन्स्योरेन्स कम्पनीले १५.५ प्रतिशत लाभांश दिने भएको छ । लगानीकर्ताले १५.५ प्रतिशत बोनस शेयर र ०.८२ प्रतिशत नगद लाभांश (कर प्रयोजन) का लागि पाउनेछन् ।

कम्पनीले २० करोड ४२ लाख एक हजार ९ सय ३० रुपैयाँको बोनस सेयर र एक करोड ४७ लाख ४ सय ७० रुपैयाँ बराबरको कर प्रयोजनका लागि नगद लाभांश दिन लागेको हो । यस्तै कम्पनीले असार १७ गते बुक क्लोज गर्नेछ । लाभांश पारित गर्ने प्रयोजनका लागि असार ३१ गते साधारण सभा आह्वान गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *