Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

प्रदेश सञ्चित कोषमा राजस्व संकलन लक्ष्यभन्दा कम

प्रदेश सञ्चित कोषमा राजस्व संकलन लक्ष्यभन्दा कम

हेटौंडा, १३ असार । बागमती प्रदेश सञ्चित कोषमा लक्ष्य अनुसार रकम संकलन हुन सकेको छैन । प्रदेशस्थित स्थानीय तहद्वारा नियमित रकम जम्मा नहुँदा विगत तीन वर्षदेखि नै लक्ष्यअनुसार अपेक्षित सफलता प्राप्त नभएको हो ।

बागमती प्रदेश, सार्वजनिक लेखा समितिका अनुसार चालू आर्थिक वर्षको लक्ष्य रु तीन अर्बको छ । नदीजन्य पदार्थ (दहत्तर–बहत्तर) को राजस्व बाँडफाँटअन्तर्गत चालू आबको अन्त्यतिर आइपुग्दा ३३ प्रतिशत अर्थात् १ अर्ब मात्रै कोषमा जम्मा भएको समितिले बताएको छ ।

चालू आवको लक्ष्य ३ अर्बको भए पनि अहिलेसम्म १ अर्ब मात्रै नदीजन्यको राजस्व जम्मा भएको र यो वर्ष पनि लक्ष्य हासिल नहुने देखिएको समितिका सभापति न्हुन्छेनारायण श्रेष्ठलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । उनका अनुसार कोषमा रकम जम्मा हुने क्रम चलिरहेकाले चालू आबको अन्त्यसम्ममा थप एक अर्ब राजस्व जम्मा हुनसक्ने समितिले प्रक्षेपण गरेको छ ।

चालू र अघिल्लो आवमा कोरोनाका कारण कोषमा अपेक्षित राजस्व जम्मा हुन नसकेको बताइएको छ । अघिल्लो आव २०७६÷७७ मा नदीजन्य पदार्थको राजस्व बाँडफाँटअन्तर्गत वाग्मती प्रदेश सरकारको सञ्चित कोषमा २ अर्ब ५० करोड राजस्व संकलनको लक्ष्य लिइएकोमा ९८ करोड ६९ लाख ६५ हजार रकम मात्रै जम्मा भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x