नबिल इन्भेष्टमेन्टमा अनलाईनबाट निःशुल्क डिम्याट खाता खोल्न सकिने

काठमाडौं, १३ असार । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुका लागि निःशुल्क अनलाईन डिम्याट तथा मेरो शेयर खाता खाल्दिने भएको छ । यही असार मसान्तसम्मको लागि नबिल इन्भेष्टमेन्टमा अनलाईन डिम्याट तथा मेरो शेयर निशूल्क खोल्न सकिने कम्पनीले जनाएको छ ।

प्राथमिक शेयरको आवेदन भर्नका लागि डिम्याट खाता अनिवार्य रुपमा आवश्यकता पर्ने भएकोले प्राथमिक निष्काशनमा लगानी गर्न चाहने लगानीकर्ताहरुको लागि यो सेवा निकै नै फलदायिक हुनेछ ।

सेवा ग्राहीले सहज, छिटो तथा छरितो तरिकाले डिम्याट खाता खोल्न सकुन भन्ने उद्देश्यले यस कम्पनीले अनलाईनबाट नै डिम्याट खाता खोल्ने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको वेबसाईटमा गई अनलाई डिम्याट भित्र क्लिक गरी खाता खोल्न सकिने व्यवस्था मिलाईएको बताइएको छ ।
ण्ण्ण्ख

Leave a Reply

Your email address will not be published. Required fields are marked *