Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २७ अंकले बढ्यो, ७ अर्बको शेयर कारोबार

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २७ अंकले बढ्यो, ७ अर्बको शेयर कारोबार

काठमाडौं, १३ असार । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक बढेर बन्द भएको छ । बजार २७.३८ अंकले वृद्धि भएर २८७०.३८ विन्दुमा रोकिएको हो । गत कारोबार दिन ०.९६ प्रतिशतले वृद्धि भएको छ ।

अजा २२७ कम्पनीको २ करोड ९ लाख ७४ हजारभन्दा बढी कित्ता शेयर ७ अर्ब १६ करोड ७४ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।
सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ४० करोड ७० लाख रुपैयाँभन्दा बढीको भएको छ । यो कम्पनीको शेयर मूल्य ३४० रुपैयाँ कायम भएको छ ।

त्यस्तै सर्वाधिक शेयर मूल्य वृद्धि सेन्चुरी कमर्सियल बैंक लिमिटेडको भएको छ । यो बैंकको शेयर मूल्य ९.९६ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको शेयर मूल्य २९८ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ५ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । आज बैंकिङ समूहको परिसूचक २.०१ प्रशितले वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x