कोका–कोलाले लकडाउन पछि व्यापार पुन सुचारु गर्न लागेका रिटेलर्सहरुलाई सहयोग गर्ने
काठमाडौं, १४ असार । कोका–कोलाले महामारीबाट पुन सुचारुहुने व्रmममा किराना तथा रटेलर्सहरुलाई सहयोग गर्ने जनाएको छ। खाद्य र पेय क्षेत्रहरुलाई आफ्नो पहिलेको स्तरमा फिर्ता ल्याउन, कोभिड पश्चात् पुनरुत्थान हुन र फस्टाउन सहयोग पुग्ने विश्वास छ ।
किराना स्टोरहरुको व्यवसायलाई पुनर्जीवितगर्ने प्रयासमा कोका–कोलाले व्हाट्सएपमार्फत दु्रत र सुविधाजनक अडरिंग सेवा सुरु गरेको जनाएको छ। जसले स्वचालित विक्रेता र वितरकहरुलाई जोड्नमा सहयोग पुर्याउँने विश्वास लिइएको छ ।
यसको साथै खुद्रा विक्रेताहरुले व्हाट्सएपको माध्यमबाट वितरकहरुसँग सिधै अर्डर लिन सक्ने छन् । यो अवधारणाले व्यापारलाई अगाडि बढ्न र राम्रो सञ्चार बन्न सहयोग पुर्याउने र फिजिकल कन्ट्याक्ट हुने जोखिमबाट बचाउने दाबी छ।