Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

उपत्यकामा भोलीदेखि २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारी जोर–बिजोर प्रणालीमा चलाइने

उपत्यकामा भोलीदेखि २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारी जोर–बिजोर प्रणालीमा चलाइने

काठमाडौं, १४ असार । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै एक साता लम्ब्याउने निर्णय गरेका छन् । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकृतहरुको बैठकले भोलीदेखि जोर–बिजोर प्रणालीमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारीसाधन संचालन गर्न दिने निर्णय गरेको छ ।

बिहान ६ देखि बेलुका ७ बजेसम्म ती सवारी संचालन गर्न पाइनेछ । भौतिक दूरी कायम गर्दै ती सवारी साधनलाई मंगलबारदेखि संचालन अनुमति दिइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । उनीहरुले स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्नेछ।

यस्तै किराना तथा खाद्यान्न पसलहरु पनि दिनभर संचालन गर्न पाइनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x