Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

२१ अर्ब १० करोडको ट्रेजरी बिलको विक्री आज

२१ अर्ब १० करोडको ट्रेजरी बिलको विक्री आज

काठमाडौं, १४ असार । नेपाल राष्ट्र बैंकले आज (सोमवार) २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार अपराह्न ३ बजेसम्म उक्त ट्रेजरी बिल विक्री गरिने भएको हो, जुन असार १५ गते मंगलवारदेखि जारी हुनेछ ।

उक्त परिमाणको ट्रेजरी बिल खरिदमा लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरू सहभागी हुन सक्नेछन् । विक्री गरिने कुल ट्रेजरीमध्ये ९१ दिने अवधिको ११ अर्ब १० करोड रहेको छ, जसमध्ये पुरानो नवीकरण अन्तर्गत १० करोड र नयाँ ११ अर्ब रुपैयाँ रहेको छ । यसैगरी १८२ दिने अवधिको १० अर्बको रहेको छ । यी ट्रेजरीहरूको परिपक्व हुने अवधि भने क्रमशः २०७८ असोज ११ गते र २०७८ पुस १३ गते तोकिएको छ ।

राष्ट्र बैंकले यसअघि असार ७ गते पनि २६ अर्ब ५३ करोडको ट्रेजरी बिल विक्री गरेको थियो ।

चालू आवको तेस्रो चौमासमा राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउँदै छ, जसका लागि बैंकले ४९ अर्ब ५० करोडको ट्रेजरी बिल, ६० अर्बको विकास ऋणपत्र, २ अर्बको नागरिक बचतपत्र र ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र विक्रीमा ल्याउनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x