Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

महानगरमा कोरोना कहर : संक्रमण दर र परीक्षण दुवै घट्यो

महानगरमा कोरोना कहर : संक्रमण दर र परीक्षण दुवै घट्यो

काठमाडौं, १५ असार । काठमाडौं महानगरपालिकामा कोरोना संक्रमण दर १५ प्रतिशतमा झरेको छ । संक्रमण दर घटेसँगै कोरोना परीक्षण गर्न आउने नागरिकको संख्या पनि घटेको छ । पहिले दैनिक एक हजार व्यक्तिको परीक्षण गरेको महानगरपालिकामा अहिले मुस्किलले दुई सयले परीक्षण गर्ने गरेका छन् ।

महानगरपालिकाले भने विगतमा जस्तै परीक्षणका लागि प्रत्येक दिन चार व्यक्तिका दरले दुई टोली बनाएर परीक्षण गरिरहेको छ । एक महिनाअघि कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको थियो । अहिले परीक्षण भएकामध्ये १५ प्रतिशत नागरिकमा मात्रै कोरोना पोजेटिभ देखिन थालेको छ ।

अघिल्ला हप्तामा अत्यधिक कोरोना संक्रमित बढेपछि महानगरले ३२ वडामा १६ परीक्षणस्थल तोकेर परीक्षणलाई तीव्र बनाएको थियो । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार परीक्षण गर्न आउनेको संख्या घटेको र आउनेमध्येमा पनि थोरैमा मात्र संक्रमण देखिएको छ ।

हालसम्म महानगरपालिकामा ६३ हजार ८१ कोरोना भाइरसबाट संक्रमित भएका व्यक्ति निको भएका छन् । हाल महानगरपालिकामा चार हजार ६१ सक्रिय संक्रमित छन् । कोरोना संक्रमणकै कारण हालसम्म ४८४ ले ज्यान गुमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x