राष्ट्रपतिले बिहिबार संघीय संसदलाई सम्बोधन गर्ने
काठमाडौं, १२ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले चैत १५ गते सङ्घीय संसदलाई सम्बोधन गर्ने भएकी छन् । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले १५ गते बिहीवार अपरान्ह् ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका तय गरेको हो ।