वीरगन्ज नाकाको व्यापार घाटा २ खर्ब ५० अर्व

काठमाडौं, १२ चैत । देशकै प्रमुख भन्सारनाका वीरगन्जको व्यापार घाटा चालु आर्थिक वर्षको आठ महिनामा दुई खर्ब ५० अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । आर्थिक वर्ष २०७४÷७५ को साउनदेखी फागुनसम्मको आठ महिनामा वीरगन्ज नाकाबाट दुई खर्ब ५८ अर्ब ९९ करोड ८८ लाख रुपैयाँको विभिन्न मालवस्तु नेपाल भित्रिएको छ भने सात अर्ब ८० करोड ५३ लाख रुपैयँको नेपाली उत्पादन निर्यात भएको छ ।

गत आर्थिक वर्षमा वीरगन्ज नाकाबाट निर्यातको तुलनामा ३२ गुणा अर्थात् दुई खर्ब ५१ अर्ब १९ करोड ३४ लाख रुपैयाँ भन्दा बढीको वस्तु आयात भएको थियो । आव २०७३÷७४ को तुलनामा आव २०७४÷७५ मा वीरगन्ज नाकाबाट ४३ अर्ब रुपैयाँ भन्दा बढी मुल्यको वस्तु आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । गत आवमा वीरगन्ज नाकाबाट दुई खर्ब १५ अर्ब ४६ करोड ८६ लाख रुपैयाँको वस्तु आयात भएको थियो । चालु आवको सोही अवधिमा २० प्रतिशत बढी अर्थात् ४३ अर्ब ५३ करोड दुई लाख रुपैयाँ बढीको वस्तु आयात भएको कार्यालयका प्रमुख सेवन्त पोखरेलले जानकारी दिए ।

उनका अनुसार वीरगन्ज नाकाबाट चालु आवको आठ महिनामा ३२ गुणाले आयातमा वृद्धि भएको छ भने, निर्यातमा २३ प्रतिशतले कमी आएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *