Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

‘सिद्धार्थ व्यवस्थित लगानी योजना’ बिक्री खुला

‘सिद्धार्थ व्यवस्थित लगानी योजना’ बिक्री खुला

काठमाडौं, १६ असार । सिद्धार्थ क्यापिटलले आजगतेदेखि ‘सिद्धार्थ व्यवस्थित लगानी योजना’ बिक्री खुला गरेको छ । क्यापिटलले सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत सिद्धार्थ व्यवस्थित लगानी योजनाको २ करोड इकाई बिक्री खुला गरेको हो ।

प्रतिइकाई १० रुपैयाँको दरले इकाई बिक्री गर्न लागेको जनाइएके छ। २ करोड इकाई सार्वजनिक रुपमा बिक्री गरी बाँडफाँट भइसकेपछि खुद सम्पति मूल्यका आधारमा तोकिएको प्रतिइकाई मूल्यमा योजना व्यवस्थापक वा योजना व्यवस्थापकले तोकिएको इकाई बिक्रेतामार्फत दैनिक खुद सम्पति मूल्य गणना गरी सो मूल्यलाई इकाई पुनर्खरिद तथा बिक्री मूल्यका रुपमा लिई कारोबार गरिनेछ ।

योजनाको सुरुको आकारको ५ प्रतिशत इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल र १० प्रतिशत इकाई कोष प्रवद्र्धक सिद्धार्थ बैंकले बिज पुँजीको रुपमा लगानी गर्ने छ । यसमा आइतबारसम्म आवेदन दिन सकिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x