काठमाडौं उपत्यकामा कामना सेवा विकास बैंकको २ शाखा थप

काठमाडौं, १६ असार । कामना सेवा विकास बैंकले २ शाखा थप गरेको छ। बैंकले काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयम्भूमा र भक्तपुर नगरपालिका वडा नं. ७ जगातीमा हिजो एकैदिन शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।

कोभिड १९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै तोकिएको मापदण्ड भित्र रहि बैंकका अध्यक्ष सुदिप आचार्यले ति शाखाहरुको समुद्घाटन गरेका हुन । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए ।

बैंकले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम् प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने रणनीति अवलम्बन गरेको अध्यक्ष सुदिप आचार्यले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *