Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

वल्र्डलिंकको इन्टरनेट सेवा संख्या ५ लाख घरधुरी सम्म पुग्यो

वल्र्डलिंकको इन्टरनेट सेवा संख्या ५ लाख घरधुरी सम्म पुग्यो

काठमाडौं, १९ असार । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्सको सेवा ५ लाख घरधुरीमा पुगेको छ । तिब्र रुपमा सेवा विस्तार गरिरहेको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकको ग्राहक संख्या यसै साता ५ लाख पुगेको हो । नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वल्र्डलिंकको इन्टरनेट प्रयोग गर्दछन् ।

नेपालमा भित्र्याइएको इन्टरनेटको कुल ब्यान्डविथमध्ये ४५ प्रतिशत व्याण्डविथ वल्र्डलिंक एक्लैले प्रयोग गर्छ । वल्र्डलिंकको इन्टरनेट कर्णालीको सबैभन्दा दुर्गम क्षेत्रमा समेत नेपालका ७३ जिल्लामा पुगेको कम्पनीले जनाएको छ । वल्र्डलिंक नेपालको तेस्रो ठूलो दूरसञ्चार कम्पनी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x