Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

सिभिल बैंकका सीईओ पोखरेलले सम्हाले कार्यभार

सिभिल बैंकका सीईओ पोखरेलले सम्हाले कार्यभार

काठमाडौं, १९ असार । सिभिल बैंक लिमिटेडका नववियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिलकुमार पोखरेलले आफ्नो पदभार सम्हालेका छन्। उनले शुक्रबारबाट पदभार सम्हालेका हुन्।

बैंकको गत जेठ २७ मा बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई असार १८ गतेबाट लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो। पोखरेल आगामी चार वर्षका लागि नियुक्त भएका हुन्। उनी गत वैशाख १८ गतेदेखि कामु प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। उनी विगत दुई वर्षदेखि सिभिल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा आबद्ध थिए।

उनीसँग स्ट्याण्डर्ड चार्टर्ड बैंकमा १६ वर्ष, एनआईसी एसिया बैंकमा साढे पाँच वर्ष, नबिल बैंकमा एक वर्ष र पछिल्लो दुई वर्ष सिभिल बैंकमा गरी २४ वर्ष नेपालका बैंकहरूमा काम गरेको अनुभव छ। यस्तै उनले नेपालबाहिर स्ट्याण्डर्ड चार्टर्ड बैंक अफगानिस्तानमा साढे तीन वर्ष, म्यानमारको युनाइटेड अमारा बैंकमा एक वर्ष र म्यानमारको एजीडी बैंकमा एक वर्ष काम गरेका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *