Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मौद्रिक नीतिमार्फत ३ प्रतिशत व्याजदरमा २०० अर्ब पुनर्कर्जाको व्यवस्था गर्न चेम्बरको माग

मौद्रिक नीतिमार्फत ३ प्रतिशत व्याजदरमा २०० अर्ब पुनर्कर्जाको व्यवस्था गर्न चेम्बरको माग

काठमाडौं, १९ असार । नेपाल चेम्बर अफ कमसले कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायहरुका लागि सस्तो व्याजदरमा पुनर्कर्जाको व्यवस्था मिलाउन माग गरेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले ३ प्रतिशत ब्याजदरमा २ खर्ब रुपैयाँ पुनर्कर्जाको व्यवस्था गर्न चेम्बरले नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । पुनर्कजा ३ वर्षसम्मका लागि प्रवाह गर्नका लागि विशेष व्यवस्था गर्न चेम्बरले माग गरेको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि चेम्बरको तर्फबाट ३७ बुँदे सुझावहरु प्रस्तुत गरेका छन् । अहिलेको विषम परिस्थतिमा आर्थिक पुनरुत्थान नभई आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन सम्भव देखिँदैन बताउँदै निजी क्षेत्रको मनोबल कायम राखी आर्थिक पुनरुत्थानलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्र बैंकले मौद्रिक नीति मार्फत अधिकतम सहयोग गर्नुपर्ने बताएका छन् ।

आगामी २०७९ असारसम्म ऋण असुली गर्ने कारण देखाई कुनै पनि उद्योगी तथा व्यवसायीहरुको धितो लिलामी प्रक्रियालाई पुर्णरुपमा स्थगन गरिनुपर्ने र सम्वन्धित उद्योगी व्यवसायीको जानकारी वेगर कुनै पनि अवस्थामा धितो लिलाम गर्न नपाइने व्यवस्था गर्न अध्यक्ष मल्लले माग गरेका छन् ।

उक्त अवसरमा राष्ट्र बैंकका गभर्नर अधिकारीले चेम्वरबाट प्रस्तुत व्यवहारिक सुझावहरुको लागि धन्यबाद व्यक्त गर्दै अहिलेको विषम परिस्थितिमा वित्तीय संस्था तथा व्यवसाय टिक्न सकेमा मात्र अर्थतन्त्र दिगो हुने बताए ।

सबै उद्योग तथा व्यवसायहरुले २०७८ असार र असोजमा तिर्नुपर्ने ब्याज र साँवाको किस्ता कुनै शुल्क जरिवाना नलिई २०७८ चैत मसान्तसम्म बुझाउन सक्ने व्यवस्था गर्नुपर्ने माग चेम्बरको छ । सबै उद्योग तथा व्यवसायहरुले २०७८ असार र असोजमा तिर्नुपर्ने ब्याज र साँवाको किस्ता कुनै शुल्क जरिवाना नलिई २०७८ चैत्र मसान्तसम्म बुझाउन सक्ने व्यवस्था गरिनुपर्ने सुझाव दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x