Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

धितोपत्र बजार विस्तारमा छलाङ : डिम्याट खाता शतप्रतिशत वृद्धि, १८ गुणा बढे अनलाइन प्रयोगकर्ता

धितोपत्र बजार विस्तारमा छलाङ : डिम्याट खाता शतप्रतिशत वृद्धि, १८ गुणा बढे अनलाइन प्रयोगकर्ता

काठमाडौं, २० असार । पछिल्लो समय धितोपत्र बजार आक्रामक रूपमा विस्तार हुँदै गएको पाइएको छ । एक वर्ष अवधिमा बढेको हितग्राही (डिम्याट) खाता, मेरो शेयर प्रयोगकर्ता र अनलाइन कारोबार गर्नेको संख्याले यस्तो देखाएको हो ।

नेपाल धितोपत्र बोर्डका अनुसार २०७७ असारमा कुल १७ लाखको हाराहारीमा रहेको हितग्राही खाताको संख्या शतप्रतिशतले बढेर ३५ लाख नाघेको छ । यस्तै ७ लाख हाराहारीमा रहेको मेरो शेयर खाताको संख्यासमेत एक वर्षमा साढे तीन गुणाले बढेर २६ लाख पुगेको छ ।

बोर्डका अनुसार केही वर्षअघिसम्म प्राथमिक सार्वजनिक निष्कासनमा मुश्किलले ५ लाख जनाले भाग लिने गरेकोमा पछिल्लो समय २१ लाखले आवेदन दिएको तथ्यांक छ ।

धितोपत्र बजारमा अनलाइन कारोबारका लागि २०७७ असारमा मात्रै ३५ हजारले युजरआइडी लिएकोका बढेर ६ लाख ६० हजारभन्दा बढी पुगेको छ । दैनिक ६ लाखभन्दा बढीले कारोबारमा सक्रियता देखाएको बताइएको छ ।

बोर्डका अनुसार चालू आवको १० महीनामै धितोपत्रको प्राथमिक बजारमार्फत ७८ अर्ब रुपैयाँ बराबरको पूँजी परिचालन भएको छ, जुन विगत २८ वर्षको इतिहासमै उच्च हो ।

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाका अनुसार बजारको बढ्दो स्वरुपका अनुसार सरकारको राजस्वमा समेत पूँजी बजार भरपर्दो स्रोतका रूपमा स्थापित भएको छ । गत वर्षसम्म पूँजीगत लाभकरबापत सरकारलाई वर्षमा मुस्किलले १ अर्ब बराबरको योगदान पु¥याउने गरेकामा हाल महिनामै सोभन्दा बढी रकम संकलन हुन थालेको छ । लामो समयदेखि स्पष्ट नभएको पूँजीगत लाभकरसम्बन्धी व्यवस्थामा सुधार भएका कारण पनि बजार विस्तारित भएको बोर्डको बुझाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x