नेपाल–जर्मनी निर्यात व्यापार : यस्तो छ ११ महिनाको वस्तुस्थिति

काठमाडौं, २० असार । नेपालको वैदेशिक व्यापारमा जर्मनी पनि प्रमुख साझेदार मुलुकमध्ये पर्छ । विशेषगरी निर्यात व्यापारमा भारत, चीनपछि तेस्रो स्थानमा जर्मनी रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । अतः जर्मनीसँगको व्यापार नेपालका लागि महŒवपूर्ण हुने गरेको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा नेपालले जर्मनीमा २ अर्ब ८६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशतले बढी हो । गत आवको जेठ मसान्तसम्ममा नेपालले जर्मनीमा २ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु निकासी गरेको थियो ।

उक्त अवधिमा जर्मनीले नेपालको ऊलन कार्पेट मात्रै ७१ करोड रुपैयाँभन्दा बढीको आयात गरेको छ, जुन गत आवको भन्दा १३ प्रतिशतले बढी हो । सो अवधिमा तयारी पोशाकको निर्यात भने ७ प्रतिशतले घटेर ६७ करोड ८० लाख रुपैयाँ बराबरको भएको छ ।

ऊलन पश्मिना निर्यातको प्रमुख गन्तव्य भने जर्मनी नै रहेको छ । सो अवधिमा नेपालबाट जर्मनीमा ५५ करोड ५४ लाख रुपैयाँको ऊलन पश्मिना निकासी भएको छ, जुन गत आवको भन्दा ३१ प्रतिशतले धेरै हो । यस्तै ऊलन फेल्टका उत्पादन निकासी हुनेमा दोस्रो स्थानमा रहँदै जर्मनीले नेपालबाट २८ करोड २४ लाख रुपैयाँको आयात गरेको छ ।

नेपालबाट हस्तकलाका सामग्री आयात गर्नेमा पनि जर्मनी तेस्रोा स्थानमा रहेको छ । सो अवधिमा नेपालबाट जर्मनीमा २८ लाखभन्दा बढीको यस्ता सामग्री निकासी भएको छ । यस्तै निया निकासीको दोस्रो गन्तव्यको रूपमा रहेको जर्मनीमा आवको ११ महिनामा १२ करोड ६८ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । साथै सो अवधिमा जर्मनीमा औषधीय जडीबुटी, चाँदीका सामग्री र नेपाली हाते कागजको उत्पादन पनि उल्लेख्य निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *