Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

लक्ष्मी बैंकले असार २८ देखि ऋणपत्र बिक्री खुला गर्ने

लक्ष्मी बैंकले असार २८ देखि ऋणपत्र बिक्री खुला गर्ने

काठमाडौं, २० असार । लक्ष्मी बैंकले असार २८ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला गर्न लागेको हो ।

बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा २० लाख कित्ता ‘लक्ष्मी ऋणपत्र २०८८’ जारी गर्न लागेको हो । यसमध्ये ८ लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन् । बाँकी १२ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यसमा वार्षिक व्याजदर ८.५ प्रतिशत पाइनेछ ।

ऋणपत्रमा असार ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै ऋणपत्र बिक्री नभएमा साउन ११ गतेसम्म बिक्री खुला हुनेछ । यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x