Date

शुक्र, बैशाख २१, २०८१
Fri, May 3, 2024

राष्ट्र बैंकले १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै

राष्ट्र बैंकले १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौं, २१ असार । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको पाँच वर्षे विकास ऋणपत्र बिक्री गर्ने भएको छ। सरकारलाई आवश्यक रकम जुटाउनका लागि केन्द्रीय बैंकले उक्त ऋणपत्र जारी गर्न लागेको हो।

बुधबार निष्कासन हुने ऋणपत्रका लागि इच्छुक लगानीकर्ताले मंगलबारसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेस गर्नुपर्नेछ। बैंकले प्रतिस्पर्धी खरिदकर्ताका लागि ८५ प्रतिशत अर्थात १२ अर्ब ७५ करोड रुपैयाँ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात २ अर्ब २५ करोड रुपैयाँ छुट्याइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x