एडीबीको नयाँ देशीय निर्देशकमा आर्नों कोसो नियुक्त

काठमाडौं, २२ असार । एशियाली विकास बैंक (एडीबी)ले नेपालका लागि देशीय निर्देशकमा आर्नो कोसोलाई नियुक्त गरेको छ । देशीय निर्देशकका रूपमा उनले एडीबीको नेपाल कार्यक्रम संचालनको नेतृत्वका साथै नेपाल सरकार र अन्य विकास साझेदारहरूसँग नीतिगत वार्ताका लागि समन्वयकारी भूमिका निर्वाह गर्नेछन् ।

‘एडीबी नेपालको दीर्घकालीन विकास साझेदार हो,’ नवनियुक्त देशीय निर्देशक कोसोले भने, ‘नेपालको विकास एजेन्डा तथा गरीबी न्यूनीकरणको प्रयासमा सहयोगका लागि सरकार र विकास साझेदार र अन्य सरोकारवालाहरूसँगको सहकार्यमा मेरो जोड रहनेछ,’ उनले भनेका छन् ।

३ दशकको व्यावसायिक क्षेत्रको अनुभव भएका कोसोले एडीबीमा रहेर १५ वर्ष काम गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *