Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

चियामा मुलुक आत्मनिर्भर, आयातको ५० गुणा बढी निर्यात

चियामा मुलुक आत्मनिर्भर, आयातको ५० गुणा बढी निर्यात

काठमाडौं, २३ असार । प्रमुख निर्यात वस्तुमा पर्ने चियामा नेपालमा आत्मनिर्भ रहेको पाइएको छ । उद्योग विभागले गरेको अध्ययन अनुसार विगगत केही वर्षहरूको तथ्यांकलाई दृष्टिगत गर्दा वार्षिक उत्पादन २४ हजार ११८ मेट्रिक टन, खपत १३ हजार १५१ मेट्रिक टन, आयात २१८ मेट्रिक टन र निर्यात ११ हजार १८५ मेट्रिक रहेको छ । यसरी आयातको तुलनामा निर्यात लगभग ५० गुणा बढी रहेकाले चियाको क्षेत्रमा नेपाल आत्मनिर्भर रहेको देखिएको हो ।

गत आर्थिक वर्षमा चिया उत्पादनको आधा चिया भारत र अन्य देशहरूमा निर्यात गरिएको छ । विगत पाँच वर्षमा चिया आयातको ट्रेण्ड घटेको पाइएको छ भने तर मूल्य भने स्थिर छ ।

विभागका अनुसार नेपालमा १४६ चिया इस्टेट छन् भने १६ हजार ९०५ हेक्टर क्षेत्रमा चिया खेती गरिएको छ । ठूला चिया इस्टेटहरूले ७२ प्रतिशत जमिन ओगटेका छन् भने साना किसानहरू, जो मुख्यतया पहाडी क्षेत्रमा छन् र अर्थोडक्स चिया उत्पादन गर्छन्, उनीहरूले बाँकी २८ प्रतिशत जमिनमा खेती गर्छन् ।

चिया उद्योगको औसत क्षमता उपयोग सीटीसीको लागि करिब ६० प्रतिशत र अर्थोडक्स चियाको ४४ प्रतिशत रहेको पाइएको छ ।

गत आर्थिक वर्षमा नेपालबाट भारतमा १० हजार ८१६.३ मेट्रिक टन (९६.७ प्रतिशत) चिया निर्यात गरेको छ । गतवर्ष २ अर्ब ७८ करोडको चिया निकासी भएको थियो । विभागका अनुसार चिया उत्पादनको औसत वृद्धि ५२ प्रतिशत रहेको छ ।

चिया क्षेत्रले लगभग ७० हजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी दिएको छ भने औसत ३० हजार प्रत्यक्ष रोजगारी दिएको पाइएको छ, जसमध्ये अधिकांश महिलाहरू रहेको विभागको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x