Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्रिय औधोगिक बस्तु, प्रविधि प्रर्दशनी सम्पन्न

राष्ट्रिय औधोगिक बस्तु, प्रविधि प्रर्दशनी सम्पन्न

काठमाडौं, १४ चैत । २९औं राष्ट्रिय औद्योगिक वस्तु, प्रविधि प्रदर्शनी तथा खाद्य मेला सम्पन्न भएको छ । लघु–घरेलु तथा साना उद्योग विकास समितिले साना उद्यमीहरुलाई राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यले आयोजना गरेको प्रदर्शनीमा पौने आठ करोड रुपैयाँको कारोबार भएको जनाइएको छ ।

मेलाको ५ लाख जनाले अवलोकन गरेको समितिका सह–कार्यकारी निर्देशक विनोददेव पन्तले जानकारी गराए । प्रदर्शनी अपेक्षा गरे अनुसार सफल भएको समितिले जनाएको छ । मंगलबार समापन कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवलगायतले उत्कृष्ठ उद्यमीलाई प्रमाणपत्र वितरण गरे ।

प्रदर्शनीमा ७७ जिल्लाका साना उद्यमीले उत्पादन गरेका हस्तकला, छालाका उत्पादन, रेशम धागोबाट उत्पादित वस्तु, कृषिजन्य उत्पादन लगायतका सामग्रीहरु राखिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x