Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

यूनियन लाईफ इन्स्योरेन्सको आईपीओ विक्री खुला

यूनियन लाईफ इन्स्योरेन्सको आईपीओ विक्री खुला

काठमाडौं, २४ असार । यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आइपीओ आजदेखि विक्री खुला भएको छ। कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता विक्री खुला गरेको हो ।

त्यसमा ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशत शेयर विक्री खुला गरेको हो । हाल कम्पनीको संस्थापक तर्फ चुक्ताभएको ७० प्रतिशत शेयरपूँजी १ अर्ब ५० करोड ५० लाख रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ बिक्री गरेको हो ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ताका लागि असार २८ गतेसम्म आवेदन दिन सकिने छ । सो समय भित्र सबै आइपीओ बिक्री नभएमा साउन ७ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x