Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखा बागमती प्रदेशमै, कर्णालीमा २ प्रतिशत मात्र

बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखा बागमती प्रदेशमै, कर्णालीमा २ प्रतिशत मात्र

काठमाडौं, २७ असार । मुलुकमा सञ्चालित बैंक तथा वित्तीय संस्थाका शाखा विस्तारको अवस्था प्रदेशगत रूपमा हेर्दा असमान देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांक अनुसार बागमती प्रदेशमा कुल शाखाको एक चौथाइ हिस्सा रहँदा कर्णाली प्रदेशमा भने करिब २ प्रतिशत मात्र रहेको पाइएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाका शाखा १० हजार ६११ पुगेका छन् । वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाका गरी उक्त संख्यामा शाखा विस्तार भएका हुन् ।
प्रदेशगत रूपमा सबैभन्दा धेरै शाखा हुनेमा बागमती प्रदेश रहेको छ, जहाँ कुल शाखाको एक तिहाइ अर्थात् २ हजार ३७ (२५.४७ प्रतिशत) रहेको छ । यस्तै धेरै शाखा हुने दोस्रोमा लुम्बिनी र तेस्रोमा प्रदेश १ रहेका छन् । यी दुई प्रदेशमा बैंक तथा वित्तीय संस्थाका शाखा संख्या क्रमशः ९८७ र ९२९ रहेको छ । यस्तै गण्डकी प्रदेशमा ७९३, प्रदेश २ मा ६४८, सुदूरपश्चिम प्रदेशमा ३६८ र कर्णाली प्रदेशमा सबैभन्दा २१२ वटा शाखा रहेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।

सञ्चालनमा रहेको शाखामध्ये सबैभन्दा धेरै वाणिज्य बैंकका छन् । सो अवधिमा २७ वाणिज्य बैंकका शाखा संख्या ४ हजार ६९४ पुगेको छ । शाखा संख्या धेरै हुने दोस्रोमा लघुवित्त वित्तीय संस्था रहेका छन्, जसको शाखा ४ हजार ६३७ पुगेको छ । यसैगरी विकास बैंकका शाखा १ हजार १६ र लघुवित्तका २९४ रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x