Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नबिल बैंकले यूनाईटेड फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु

नबिल बैंकले यूनाईटेड फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु

काठमाडौं, २७ असार । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गरी एकीकृत कारोबार सुरु गरेको छ । बैंकले फाइनान्सलाई प्राप्ती प्रक्रिया पूरा गरी असार २७ गते आइतबार (आज)देखि एकीकृत कारोबार सुरु गरेको हो ।

आइतबार आयोजित एक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यँल र युनाइटेड फाइनान्सका अध्यक्ष बसन्त कुमार चौधरीले एकीकृत कारोबार सुभारम्भ गरेका हुन् ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुजी १३ अर्ब ८४ करोड पुग्ने बताइएको छ । त्यस्तै कुल पुजीकोष ३२ अर्ब ६८ करोड हुनेछ । साथै, नबिल बैंकको शाखा सञ्जाल वृद्धि भई १३५ पुगेको छ । एटीएमको संख्या भने १८३ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x