Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

आरविवि म्युचुअल फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन

आरविवि म्युचुअल फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २७ असार । आरविवि म्युचुअल फण्ड १ ले निष्कासन गरेको इकाईमा आवेदन दिने आज बैंकिङ समयसम्म रहेको छ । आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडअन्तर्गत सञ्चालन हुने गरी आरविवि म्युचुअल फण्ड १ ले उक्त इकाई विक्री गर्न लागेको हो । फण्डले प्रतिइकाई रू। १० अंकित दरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो ।

फण्डले असार २३ गतेदेखि १० करोड इकाई विक्री खुला गरेको थियो ।

निष्कासन गरिने कुल इकाईमध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई र इकाई योजना व्यवस्थापक आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडलाई सुरक्षित गरी बााँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि विक्री गरेको हो ।

यस फण्डमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम एक करोड इकाईसम्म आवेदन दिन पाउनेछन् । असार २७ गतेसम्म इकाई विक्री नभएमा साउन ६ गतेसम्म आवेदन म्याद थप हुनेछ । यो एक बन्दमुखी योजना हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x