मुक्तिनाथ विकास बैंकले पनि साउन ७ देखि ऋणपत्र बिक्री गर्ने

काठमाडौं, २८ असार । मुक्तिनाथ विकास बैंकले साउन ७ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो ।

बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा १२ लाख ५० कित्ता ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये ५ लाख इकाई सर्वसाधारणका लागि खुला हुने जानकारी दिएको छ । यस्तै बाँकी ७ लाख ५० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ ।

ऋणपत्रमा वार्षिक ८.७५ प्रतिशत ब्याजदर पाइनेछ । यस ऋणपत्रमा साउन ११ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *