मंगलबार सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार
काठमाडौं, २९ असार । स्थानीय बजारमा मंगलबार सुनको मूल्य २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँमा खरिद विक्री भएको थियो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९०० मा कारोबार भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला १ हजार ३१० रुपैययाँमा कारोबार भएको चाँदी मंगलबार १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३२० रुपैयाँमा खरीदविक्री भइरहेको महासंघले जनाएको छ ।