Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

लक्ष्यको ९० प्रतिशत नाघ्यो कर राजस्व संकलन

लक्ष्यको ९० प्रतिशत नाघ्यो कर राजस्व संकलन

काठमाडौं, २९ असार । चालू आर्थिक वर्ष सकिन अब २ दिन मात्र बाँकी रहँदा सरकारको कर राजस्व संकलन ९० प्रतिशत नाघेको छ । आवको अन्तिम समयमा संकलन बढेसँगै कर राजस्वतर्फ सबैभन्दा बढी प्रगति देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आइतवारसम्ममा वार्षिक लक्ष्यको ९०.७१ प्रतिशत कर राजस्व असुली भएको हो । चालू आर्थिक वर्षमा सरकारले करतर्फ ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँको लक्ष्य राखेकोमा असार २८ गतेसम्ममा ८ खर्ब २८ अर्ब १२ करोड ५१ लाख रुपैयाँ असुली भएको हो ।

सोही अवधिमा गैरकर राजस्वतर्फ भने लक्ष्यको ६४.७१ प्रतिशत संकलन भएको छ । गैरकरतर्फ वार्षिक लक्ष्य ९८ अर्ब ८० करोड ९४ लाख रुपैयाँ रहेकोमा आइतवारसम्ममा ६३ अर्ब ९३ करोड ६८ लाख रुपैयाँ संकलन भएको महालेखाको तथ्यांक छ ।

आइतवारसम्ममा समग्र राजस्व संकलनमा भने वार्षिक लक्ष्यको ८८.१७ प्रतिशत प्रगति भएको छ । चालू आर्थिक वर्षमा सरकारको राजस्व संकलन लक्ष्य १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ रहेकोमा ८ खर्ब ९२ अर्ब ६ करोड १९ लाख रुपैयाँ असुली भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x