Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

१५औं पञ्चवर्षीय योजना : यस्तो छ कृषिक्षेत्रमा लिइएको सोच, लक्ष्य र रणनीति

१५औं पञ्चवर्षीय योजना : यस्तो छ कृषिक्षेत्रमा लिइएको सोच, लक्ष्य र रणनीति

काठमाडौं, ३० असार । राष्ट्रिय योजना आयोगले १५औं पञ्चवर्षीय योजना (२०७५÷७६–२०२०÷२१) अन्तर्गत कृषिक्षेत्रको विकासका लागि लिइएको सोच, उद्देश्य, लक्ष्य र रणनीतिको इन्फोग्राफिक प्रतिवेदन सार्वजनिक गरेको छ, जसमा सोच अन्तर्गत खाद्य र पोषण सुरक्षा तथा खाद्य संप्रभुता सहितको दिगो, प्रतिस्पर्धी एवम् समृद्ध कृषि अर्थतन्त्रको परिकल्पना गरिएको छ भने प्रतिस्पर्धी, जलवायु अनुकूल, आत्मनिर्भर एवम् निर्यातमुखी उद्योगको रूपमा कृषि क्षेत्रलाई रूपान्तरण गर्दै समावेशी र दिगो आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

आयोगका अनुसार १५औं योजनाको कृषितर्फ तय गरिएको उद्देश्यमा उत्पादन तथा उत्पादकत्व वृद्धि गरी खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्ने, कृषिमा आधारित उद्योगको विकास गरी रोजगारी र आम्दानी वृद्धि गर्ने र व्यावसायिकीकरण तथा प्रतिस्पर्धात्मक क्षमता विकास गरी कृषि क्षेत्रको व्यापार सन्तुलन गर्ने रहेका छन् ।

उल्लिखित सोच, लक्ष्य र उद्देश्य प्राप्तिका लागि लिइएका रणनीतिहरूमा संघ, प्रदेश र स्थानीय तह तथा सरोकारवालासँगको समन्वय तथा सहकार्यमा कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, कृषि शिक्षा, अनुसन्धान र प्रसार पद्धतिलाई एकीकृत गर्दै प्रभावकारी बनाउने, निजीक्षेत्रको लगानी वृद्धि गर्न नीति तथा संरचनागत सुधार र सहयोग तथा सहजीकरण गर्ने रहेका छन् ।

यस्तै अन्य रणनीतिमा कृषि पूर्वाधार, बजार सूचना प्रणाली, उद्यमशीलता र गुणस्तर कायम गर्दै प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने, कृषकको प्राविधिक, व्यावसायिक तथा संस्थागत क्षमता अभिवृद्धिका साथै अधिकार संरक्षण गरी नाफामूलक बनाउने, तुलनात्मक लाभ एवम् उच्च मूल्यका कृषि उपजको बजारीकरण गरी निर्यात प्रवद्र्धन गर्ने र जलवायु अनुकूलन तथा उत्थानशील प्रांगारिक लगायतका कृषि प्रविधिको विकास र विस्तार गर्ने रणनीति रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

आयोगका अनुसार आधार वर्ष २०७५÷७६ मा कृषि श्रम उत्पादकत्व प्रतिव्यक्ति प्रतिहेक्टर ५४९ रहेकोमा आव २०९०÷८१ सम्ममा ७१५ पुर्याउने लक्ष्य लिइएको छ । यस्तै आधार वर्ष २०७५÷७६ मा कृषियोग्य जमीनको उत्पादकत्व प्रतिहेक्टर अमेरिकी डलर ३ हजार १३४ रहेकोमा २०८०÷८१ मा यसलाई बढाएर ३ हजार ३४८ पुर्याउने प्रक्षेपित लक्ष्य निर्धारण गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x