Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

एक वर्षमा दर्ता भए २७७ उद्योग, मझौला उद्योग सबैभन्दा बढी

एक वर्षमा दर्ता भए २७७ उद्योग, मझौला उद्योग सबैभन्दा बढी

काठमाडौं, ३१ असार । गत आर्थिक वर्षमा मुलुकमा २७७ उद्योग दर्ता भएको पाइएको छ । उद्योग विभागको औद्योगिक तथ्यांकले यस्तो देखाएको हो । दर्ता भएका उद्योगमध्ये मझौला प्रकृतिका उद्योगको संख्या सबैभन्दा धेरै छ ।

विभागको तथ्यांक अनुसार सो अवधिमा मझौला उद्योगको दर्ता संख्या १२३ रहेको छ । यस्तै ठूला उद्योग र साना उद्योग क्रमशः ५८ र ९६ वटा दर्ता भएका छन् ।

दर्ता भएका उक्त संख्याका उद्योगको कुल प्रस्तावित पूँजी १ खर्ब ५२ अर्ब ६२ करोड रुपैयाँ रहेको छ भने प्रस्तावित स्थिर पूँजी १ खर्ब ४० अर्ब ३९ करोड रुपैयाँ रहेको छ । तीनवटै किसिमका उक्त उद्योग स्थापना हुँदा कुल १७ हजार ३८८ जनाले रोजगारी पाउने उल्लेख छ ।

गत आर्थिक वर्षसम्ममा मुलुकमा दर्ता भएका कुल उद्योगको संख्या भने ८ हजार २४७ रहेको छ । यसमध्ये साना उद्योगको संख्या सबैभन्दा धेरै ५ हजार २१९ रहेको छ । यस्तै मझौला उद्योग १ हजार ८५६ र ठूला उद्योग १ हजार १७२ रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x