Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

विप्रेषण आप्रवाह १२ प्रतिशतले वृद्धि

विप्रेषण आप्रवाह १२ प्रतिशतले वृद्धि

काठमाडौं, ३१ असार । चालु आर्थिक वर्षको ११ महिनामा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले वृद्धि भएको छ । विप्रेषण आप्रवाह आलु आर्थिक वर्षको ११ महिनाको अवधिमा ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ५९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १२.४ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४७.१ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३१.१ प्रतिशतले घटेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x