Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

यूनियन लाईफको आईपीओ प्रि–अलोटमेण्ट सम्पन्न

यूनियन लाईफको आईपीओ प्रि–अलोटमेण्ट सम्पन्न

काठमाडौं, ३१ असार । यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ प्रि–अलोटमेण्ट बिहीवार सम्पन्न भएको छ । विक्री प्रबन्धकको कार्यालयमा बिहीवार प्रिअ–लोटमेण्ट गरी नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको विक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ । बोर्डबाट स्वीकृति पाएमा आजै साँझ बाँडफाँट गर्ने तयारीमा रहेको विक्री प्रबन्धकले जानकारी गराएको छ ।

कम्पनीले असार २४ गतेदेखि २८ गतेसम्म ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा विक्री खुला गरेको थियो । जसमध्ये ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीको लागि, ३ लाख २२ हजार ५०० सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

उक्त आईपीओमा २१ लाख ५० हजार ४७८ जना आवेदकबाट ३ करोड ४० लाख १० हजार ८९० कित्ताका लागि आवेदन परेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x