Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

वैदेशिक व्यापार घाटा सन्तुलनमा ल्याउन अनुरोध

वैदेशिक व्यापार घाटा सन्तुलनमा ल्याउन अनुरोध

विराटनगर ३१ असार । सरकारले निर्यातमुलक उद्योगहरुले भोग्दै आएका नीतिगत, प्रकृयागत समस्याहरु र समाधान गरी निर्यात व्यापारलाई वढावा दिदै देशको वैदेशिक व्यापार घाटा सन्तुलनमा ल्याउन उद्योगी तथा व्यवसायीहरुले अनुरोध गरेका छन् । उद्योग संगठन मोरङले असार ३० गते बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईको आतिथ्यमा भर्चुअल माध्यमबाट आयोजना गरेको ‘निर्यात प्रवद्र्धन सम्भावना र चूनौतिहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै व्यवसायीहरुले यस्तो बताएका हुन् ।

छलफलमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले डयूटि ड्र व्याक सूविधा प्राप्त गर्न अत्यन्तै जटिल भएकाले यस्तो व्यवस्था परिमार्जन गरि एउटा वस्तु उत्पादनमा धेरै कम्पोनेन्ट प्रयोग हुने उत्पादनको हकमा प्रति केजिका दरले डयूटि ड्र व्याक सुविधा उपलब्ध गराउनु पर्ने बताए । नेपाली जुटका उत्पादनमा भारतले लगाएको एन्टि डम्पिङको पाँच वर्षे अवधि पुरा भईसकेकाले भारतको सम्वन्धित निकाय समक्ष एन्टि डम्पिङका खारेजीका लागि नेपाल सरकारका तर्फबाट याचिका दायर गरि नेपाली जुट उद्योगहरुको प्रवद्र्धन गर्न अध्यक्ष प्याकुरेलले आग्रह गरे ।

निर्यात प्रवद्र्धनका लागि वण्डेड वेयर हाउसको सुविधा उपभोग र नविकरणको झन्झटिलो प्रकृयाको सरलीकरण गर्न, उद्योगहरुले आयात गर्ने स–सानो परिमाणको कन्साईनमेन्ट तथा स्पयेर पार्टसमा विल अफ एन्ट्री पेश गर्नुपर्ने प्रावधानको सट्टा निश्चित रकम तोक्नुपर्ने बताए । उक्त रकम भन्दा माथिको कन्साईमेन्ट र मेशिनेरी पार्टसमा मात्र विल अफ एन्ट्रीको आवश्यक हुने व्यवस्था गर्न र जोगवनी स्थित आई.सि.पि.मा खाद्य वस्तु परिक्षणका लागि सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्थाका लागि पनि उनले अनुरोध गरे ।

छलफलमा उठेका विषयवस्तुलाई सम्वोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले नीतिगत, प्रकृयागत सुधार गरी उद्योगहरुलाई लाग्दै आएको लजिष्टिक कष्ट घटाई निर्यात व्यापार प्रवद्र्धन गर्न छुट्टै लजिष्टिक कानुन निर्माणको प्रकृया सुरुभएको साथै व्यापार व्यवसायलाई कागजी प्रकृयाबाट मुक्त गर्न ईकमर्श सम्वन्धि कानुन तयारी गरीरहेको जानकारी दिए । सचिव भट्टराईले नीजि क्षेत्रसँग हातेमालो गरी अघि वढन सरकार तयार रहेको वताउदै नीजि क्षेत्रलाई वस्तु विविधिकरण गर्न अनुरोध गर्दै द्धिराष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार गर्नु अघि पूर्व सावधानी अपनाउनु पर्नेमा जोड दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x