प्राइम लाईफ इन्स्योरेन्सले १२.५ प्रतिशका दरले बोनस सेयर जारी गर्ने

काठमाडौं, १४ चैत । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफबाट हकप्रद सेयर निष्कासन पश्चात कायम हुने चूक्ता पूँजीको १२ दशमलव ५ प्रतिशतका दरले बोनस सेयर जारी गर्ने भएको छ । कम्पनीको राजधानीमा आज आयोजित ११ औं वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो । हकप्रद निष्कासन पश्चात कम्पनीको चूक्ता पूँजी १ अर्व ५८ करोड ६५ लाख २० हजार रुपैयाँ पुग्ने छ ।

हकप्रद र बोनस सेयर वितरण पश्चात कम्पनीको चूक्ता पूँजी एक अर्व ७८ करोड रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *