Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

यूनियन लाइफको आइपीओ बाँडफाँड

यूनियन लाइफको आइपीओ बाँडफाँड

काठमाडौं, ३१ असार । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको आइपीओ आज नै प्रि अलोटमेण्ट सम्पन्न गरी आजै बाँडफाँड गरिएको हो ।

सर्वसाधारण समुह तर्फको ६४ लाख ५० हजार कित्तामध्ये ५ प्रतिशत अर्थात तीन लाख २२ हजार ५०० कित्ता कर्मचारी र यतिनै बराबरको शेयर म्युचुअल फण्डलाई बाँडफाँड गरिएको छ । बाँकी रहेको ५८ लाख ५ हजार कित्ता आम सर्वसाधारणले प्राप्त गर्न सक्नेछन् । योग्य २१ लाख १२ हजार ७९९ आवेदनमध्ये भाग्यसाली ५ लाख ८० हजार ५ सयले १०/१० कित्ता शेयर प्राप्त गर्न सक्ने छन् । बाँकि १५ लाख २७ हजार ७९९ जनाको हात खालि भएको छ ।

कम्पनीको आइपीओमा आवेदन दिनेमध्ये ६९ हजार ९७६ जनाको आवेदन रद्द भएको छ । जसमध्ये दोहोरो आवदेन दिने ४ हजार ८०१ जनाको आवेदन रद्द भएको छ भने बाँकि बैंकमा प्रयाप्त पैसा नभएका तथा अन्य कारणले ६५ हजार १७५ जनाको आवेदन रद्द भएको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।

असार २४ गतेदेखि २८ गतेसम्म आईपीओ निष्काशन भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x