Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

बैंक तथा वित्तीय संस्थाले निजीक्षेत्रमा २५ प्रतिशतले बढाए कर्जा प्रवाह

बैंक तथा वित्तीय संस्थाले निजीक्षेत्रमा २५ प्रतिशतले बढाए कर्जा प्रवाह

काठमाडौं, १ साउन । चालू आर्थिक वर्षको ११ महिना अवधिमा बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा कर्जा परिचालन करिब २५ प्रतिशतले बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजीक्षेत्रमा प्रवाहित कर्जा २४.९ प्रतिशतले बढेको हो ।गत आवको सोही अवधिमा यस्तो कर्जा १०.७ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७८ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २६.३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजीक्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २५.२ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २५.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ९.९ प्रतिशतले बढेको छ ।

जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६५.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.० प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.५ प्रतिशत र १३.३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७÷७८ को एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ४०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १९.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.९ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २५.४ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १८.२ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x