Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

आर्थिक वर्षको पहिलो कारोबार दिन शेयर बजारमा उछाल, ११ अर्ब ६३ करोडको कारोबार

आर्थिक वर्षको पहिलो कारोबार दिन शेयर बजारमा उछाल, ११ अर्ब ६३ करोडको कारोबार

काठमाडौं, ३ साउन । आर्थिक वर्ष २०७८/७९ को पहिलो कारोबार दिन आइतबार (आज) शेयर बाजरमा हरियाली छाएको छ । आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको हो । आज विकास बैंक र बैंकिङ समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । विकास बैंक समूह ५ प्रतिशत र बैंकिङ समूह ४ प्रतशितले वृद्धि भएको छ ।

आज नेप्से परिसूचक ९७.२१ अंकले वृद्धि भएर २९८०.६१ विन्दुमा रोकिएको छ । आज बजार ३.३७ प्रतिशतले वृद्धि भएको छ ।

आज ११ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि समृद्धि फाइनान्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएर ५१५ रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x