Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्रिय गौरवका आयोजनाको बजेट कार्यान्वयन निराशाजनक, २१ आयोजनाको औसत ३८ प्रतिशत मात्र

राष्ट्रिय गौरवका आयोजनाको बजेट कार्यान्वयन निराशाजनक, २१ आयोजनाको औसत ३८ प्रतिशत मात्र

काठमाडौं, ३ साउन । मुलुकमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति निराशाजनक रहेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार २१ वटा राष्ट्रिय गौरवका आयोजनाको आर्थिक वर्ष २०७७÷७८ को जेठ मसान्त सम्ममा कुल बजेटको ३८ प्रतिशत रकम खर्च भएको छ ।

कुल बजेट ९० अर्ब ९९ करोड रहेको उक्त आयोजनाहरूको जेठ मसान्तसम्मको खर्च ३४ अर्ब ६४ करोड रहेको छ । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजना हालसम्मको खर्च १५ प्रतिशत भन्दा कम रहेको छ भने सबैभन्दा बढी खर्च पशुपति विकास कोषले गरेको छ ।

अन्य आयोजनाहरूको प्रगतितर्फ मिलेनियम चालेञ्ज एकाउन्ट नेपालको २३.३२, बुढीगण्डकी जलविद्युत् आयोजनाको २०.०५, बबई सिँचाइ आयोजनाको ७१.८४, महाकाली सिँचाइ आयोजना ९५.७३, सिक्टा सिँचाइ आयोजना ५६.३४, रानी जमरा कुलरिया सिँचाइ आयोजना ४९, भेरी बबई डाइभर्शन आयोजना ३९.०६, सुनकोशी मरिन डाइभर्शन बहुउद्देश्यीय आयोजनाको ५३.८०, मेलम्ची खानेपानी आयोजना १३.७९, लुम्बिनी विकास कोष ५७.८८, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको खर्च प्रगति ४७.१४ प्रतिशत रहेको छ ।

यसैगरी काठमाडौं तराई मधेश द्रुतमार्ग २६.३९, मध्यपहाडी राजमार्ग ६७.५१, उत्तर दक्षिण राजमार्ग ४६.५९, ह्ुलाकी राजमार्ग ७६.८१, रेल, मेट्रो रेल तथा मानो रेल विकास आयोजना ४२.१३, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना ५०, दक्षिण एशिया पर्यटन पूर्वाधार आयोजना १९.३४ र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ)को बजेट खर्च ७० प्रतिशत रहेको महालेखाको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x