Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सुपर आँखुखोला जलविद्युत आयोजनाले अवैध वन फडानी गरेको भन्दै स्थानीयको विरोध

सुपर आँखुखोला जलविद्युत आयोजनाले अवैध वन फडानी गरेको भन्दै स्थानीयको विरोध

काठमाडौं, ३ साउन । धादिङको रुवीभ्याली गाउँपालिकास्थित सुपर आँखुखोला जलविद्युत आयोजनाले अनधिकृत तबरले आयोजनाका लागि बाटो बनाउन वन फडानी गरेको भन्दै स्थानीयले कारवाहीको माग गरेका छन् । शोधभर्ना र क्षतिपूर्ति बिनै करिव एक हजार रुख काटिएको भन्दै रुवी भ्याली गाउँपालिका वडा नम्बर ४ र ५ स्थान्ीयले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पत्राचार गरेका छन् ।

उनीहरुले यसअघि वन विभागलाई पत्राचार गरेपनि खासै चासो नदिएको गुनासो गरेका छन् । यसमा स्थानीय सरकार, प्रदेश सांसद एवं जिल्लास्थित जिल्ला वन कार्यालयको मिलेमतो रहेको स्थानीयको आरोप छ ।

२५.४ मेगावाटको यो आयोजनाले रुवी भ्याली गाउँपालिकाको वडा नम्बर ४ र ५ मा बाटो बनाउने नाममा ती रुख काटिएको हो । त्यसबापत अन्यत्र एक काटिएको रुख बराबर २५ वटा विरुवा रोप्ने, पाँच वर्षसम्म त्यसको हेरदेख र सम्भार गर्ने वा सो कामवापत भरणपूरण रकम दिने कुनै काम आयोजनाले गरेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x