Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

कामना सेवाको नाफा १ अर्ब नाघ्यो

कामना सेवाको नाफा १ अर्ब नाघ्यो

काठमाडौं, ३ साउन । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७७÷०७८ मा १ अर्ब नाफा कमाएको छ । यो नाफा कर अघि आर्जन गर्न सफल भएको बैंकले जनएको छ । बैंकको यो नाफा हालसम्मकै सबैभन्दा बढी हो । गत वर्ष सोही अवधिमा १६ करोड ४१ लाख नाफा कमाएको थियो ।

करपछि बैंकले बैंकले ७० अर्ब २ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ११ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्ष निक्षेप ३२ अर्ब ९७ करोड रहेकोमा ३७.३७ प्रतिशतले बृद्धि भई रु. ४५ अर्ब २९ करोड संकलन गरेको बैंकले जनाएको छ । साथै, कर्जातर्फ सोही अवधिमा २७ अर्ब ५५ करोड रहेकोमा ४७.३३ प्रतिशतले बृद्धि गरी ४० अर्ब ५९ करोड लगानी गरेको छ ।

बैंकको २ अर्ब ६५ करोड चुक्तापूँजी भएको छ भने जगेडा कोषमा ४४ करोड ४८ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आमदानी गत वर्ष भन्दा ३० प्रतिशतले बृद्धि भई १ अब ४९ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । गत आर्थिक वर्ष बैंकको निष्कृय कर्जा १.७९ प्रतिशत रहेकोमा समीक्षा वर्षमा १.५ प्रतिशत कायम रहेको छ ।

आ.व. ०७७÷७८ को असार मसान्तमा बैंकको पूंजीकोष अनुपात १३.७८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २६.४० रुपैयाँ रहेको छ जुन गत वर्षको तुलनामा ४६०.२५ प्रतिशतले वृद्धि हो ।ं साथै, बैंकको मूल्य आमदानी अनुपात २१.९७ गुणा, प्रतिशेयर नेटवर्थ १४८.६१ रुपैयाँ र तरलता अनुपात २२.१० प्रतिशत रहेको बैंकले जनाएको छ ।

हाल बैंकले १२९ वटा शाखा कार्यालय, एक विस्तारीत काउन्टर र ७० वटा एटीएममार्फट सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x