Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आन्तरिक राजस्व कार्यालय विराटनगरले उठायो लक्ष्यभन्दा बढी राजस्व

आन्तरिक राजस्व कार्यालय विराटनगरले उठायो लक्ष्यभन्दा बढी राजस्व

विराटनगर, ३ साउन । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७÷७८ मा कुल ८ अर्ब ९३ करोड ३७ लाख ७६ हजार राजस्व संकलन गरेको छ । सो अवधिमा ८ अर्ब ८४ करोड ४६ लाख २२ हजार राजस्व संकलन गर्ने कार्यालयको लक्ष्य थियो । कार्यालयले लक्ष्यभन्दा ८ करोड ९१ लाख ५४ हजारभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ ।

कार्यालयबाट प्राप्त जानकारी अनुसार आव २०७७÷७८ मा संकलित राजस्वमा आयकर ३ अर्ब ५२ करोड १९ लाख १४ हजार, मूल्य अभिवृद्धि कर २ अर्ब ५३ करोड ९० लाख १२ हजार र अन्तःशुल्क २ अर्ब ८७ करोड २८ लाख ५० हजार रहेको छ । सो अवधिमा कार्यालयले आयकरमा १३० प्रतिशत, मूल्य अभिवृद्धि करमा १५७ प्रतिशत र अन्तःशुल्कमा ६४ प्रतिशत वार्षिक प्रगति हासिल गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x